Thaha

Saturday 21 September - 11:43 pm NST

सरकारी कर्मचारीको सहयोगले बाघ चोरी शिकारी बढ्यो

काठमाडौं, ३ मंसिर । चोरी शिकारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहलाई सरकारी कर्मचारी नै सहयोग गरेपछि नेपालमा पछिल्लो समय बाघको चोरी शिकार बढ्न थालेको छ ।
विगत एक महिनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा बाघ मारिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यसको अनुसन्धान थालेको छ । स्रोतका अनुसार विषादीको प्रयोग र चोरि शिकारका कारण बाघ मारिएका हुन । त्यसमा कर्मचारीकै संलग्नता रहेको स्रोतले दावी गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता डाक्टर डाक्टर महेश्वर ढकालले वयश्क अवस्थाका बाघ मारिएको बारे अनुसन्धान भैरहेको बताउनु भएको छ । उहाँले पोषणको कमी, बासस्थानको अभाव र उमेरका कारण पनि बाघ मरेको हुनसक्ने बताउनुभयो ।

निकुञ्ज विभाग स्रोतका अनुसार नेपालमा जंगली जनावरको कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहले कर्मचारी र सुरक्षाकर्मीलाई समेत प्रभावमा पारेकाले पछिल्लो समय बाघको मृत्युदर बढेको हो । खासगरी अन्तर्राष्ट्रिय गिरोहले नेपालको दार्चुला, डोल्पा, मुगु, हुम्ला र सिन्धुपाल्चोक तातोपानी नाका प्रयोग गरेर बाघको छाला र हड्डी तस्करी गर्ने गरेका छन । 
संसारभरबाट बाघको छाला र हड्डी चीनको तिब्बतमा तस्करी हुने गरेको छ । तिब्बतमा परम्परागत पोशाक बनाउन बाघको छाला प्रयोग हुने गरेको छ भने हड्डीलाई औषधी र रक्सी बनाउन प्रयोग गरिन्छ । तिब्बतमा धनाढ्यको परिचय जंगली जनावरका छाला र हड्डी प्रयोगबाट गरिन्छ । केहीले बाघको हड्डीलाई माला बनाउन प्रयोग गर्ने गरेका छन । तस्करहरुले एउटा बाघको १०÷१२ लाख रुपौयाँसम्म दिने गरेका छन । 
सरकारले २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुराउने लक्ष्य लिएको छ । बासस्थानको अभाव, बाघले मानिसमा पारेको नराम्रो असर र चोरि शिकार मुख्य चुनौती भएको छ ।