Thaha

Saturday 21 September - 11:53 pm NST

एमाओवादी सचिव पुनको स्वास्थ्यमा सुधार आएन

 काठमाडौं, २ मंसिर । भारतमा उपचार गराई रहेका एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तको एक हप्तासम्ममा पनि स्वास्थ्यमा सुधार आउन सकेको छैन । 
भारतको नयाँ दिल्लीमा रहेको मेदान्त अस्पतालमा उपचार गराई रहेका पुनको शरीरमा जण्डिसको मात्र घट्न नसकेको उहाँकी पत्नी एवं सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो । सचिव पुनलाई हेपाटाइटिस ई पनि भएको र त्यो सुधार भइरहे पनी थप सुधार हुन कम्तिमा तीन हप्ता लाग्ने चिकित्सकले बनाएको घर्तीले जानकारी दिनुभयो । 
खाना नरुच्ने, निद्रा नलाग्ने, शरीरको तौल घट्दै जाने जस्ता समस्या देखिएपछि पुनलाई अघिल्लो मंगलबार भारत दलिगएको थियो ।