Thaha

Saturday 21 September - 11:34 pm NST

छठको तेस्रो तथा मुख्य दिन


काठमाण्डौं, मंसीर १ । आज छठ पर्वको तेस्रो तथा मुख्य दिन । अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ दिईएको छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका परिकार चढाउने गरिन्छ ।

भोलि चोथौ तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न हुन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो बार्ने गर्छन । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।

छठको अवसरमा जनकपुरको ऐतिहासिक गंगासागर, धनुष सागर, दशरथ तलाउ, सप्तरीको सप्तकोसी व्यारेज वीरगञ्जको घडीअर्वा पोखरी, हेटौंडाको राप्तितट, काठमाण्डौको रानिपोखरी लगायतका जलाशयहरुमा रमझम छाएको छ । कैलालीमा पनि मधेशी समुदायका महिलाहरु सूर्यदेवको पूजाआजा गर्दै छठ पर्व मनाइरहेका छन् । कैलालीको मोहना नदी लगायतका तालतलैया छठ पर्वका लागि सिगारीएका छन् भने महिलाहरु बिहानैदेखि पुजाआजमा तत्लीन देखिन्थे ।

मोरंङको विराटनगर लगायत जिल्लाका खोलानाला, तालतलाउ तथा नहरहरु भव्य रुपले सिगारिएका छन् । विराटनगरको सिगिंया , केशलिया, वक्राहा, चिसांग लोहन्द्र खोला लगायत  मोरंग सुुनसरी सिचाइ आयोजनाको नहर, पोखरीहरुलाइ झकिझकाउ पारिएको छ । विराटनगरका विभिन्न ठाँउमा एकसय भन्दा वढि स्वागतद्धारहरु बनाईएको छ ।

विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी भेगमा  पनि मनाउन थालिएको छ । कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । छठको अवसरमा सरकारले आज (मंगलवार) सार्वजनिक बिदा दिएको छ ।