Thaha

Saturday 21 September - 11:53 pm NST

साझा यातायातको स्मार्ट कार्ड सेवा सुरु

काठमाण्डौं, कात्तिक ३० । यात्रुहरुले स्मार्ट कार्ड मार्फत बसको भाडा तिर्न सक्ने गरी साझा यातायातले  स्मार्ट कार्ड सेवा सुरु गरेको छ । नेपाल बैंक लिमिटेडको सहकार्यमा स्मार्ट कार्ड सेवा आजदेखि सुरु गरेको हो ।

साझा यातायातको बस पछाडीको ढोकाबाट चढ्ने बेलामा त्यहाँ रहेको डिभाइसमा कार्ड देखाउनु पर्ने छ भने अगाडीको ढोकाबाट ओर्लने बेलामा अगाडीको ढोकामा रहेको डिभाइसमा कार्ड देखाउनु पर्ने ब्यवस्था गरिएको छ । यात्रुहरुले २ सय रुपैयाँमा कार्ड किन्न सक्नेछन् ।

कार्डमा ५० रुपैयाँको ब्यालेन्स हुन्छ । मोबाइलमा ब्यालेन्स हालेजस्तै गरि स्मार्ड कार्डमा रिचार्ज गर्न सकिनेछ । अहिले यो कार्ड परिक्षणका रुपमा शुरु गरिएको र साझा यातायातका सबै बसमा लागू गर्ने योजना रहेको साझा यातायातले जनाएको छ ।