Thaha

Saturday 21 September - 11:52 pm NST

म्याग्दीमा बस दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौैं, कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालिका १३ थामडाँडामा माईक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको  छ दुर्घटनामा अरु १२ जना घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुने मध्ये बेनी नगरपालिका ९ का सुनील थापा मगरको मात्र सनाखत भएको छ । 
घाईतेलाई उपचारका लागि प्रहरीले जिल्ला अस्पतालमा लगेको छ । म्याग्दीको बरम्जाबाट सदरमुकाम बेनी जाँदै गरेको ग १ ख ५६६६ नम्बरको माईक्रोबस दुर्घटनामा परेको हो । घाईते मध्ये धेरैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।