Thaha

Saturday 21 September - 11:37 pm NST

पीकअप भ्यानको ठक्करले मोटरसाइकलमा सवार ४ जनाको मृत्यु


रौतहट, २४ कात्तिक । रौतहटमा आज विहान पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारैजना मोटरसाइकलमा सवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट औरहिया गाविसका विवेक कुमार सिंह, कामोद साह, जयप्रकाश गुप्ता र धमौरा गाविसका रुपेश कुमार यादवको दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि चन्द्रनिगाहपुर लैजाँदै गर्दा मृत्यु भएको हो ।

वीरेन्द्र राजमार्ग अन्तर्गत गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको बा ३३ प २०६८ नम्बरको मोटरसाइकललाई बिपरित दिशामा गुडिरहेको ना ५ ख ९७९१ नम्बरको पीक अप भ्यानले ठक्कर दिएको हो । पीक भ्यानका चालक फरार रहेको र खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।