Thaha

Saturday 21 September - 11:39 pm NST

देशका अधिकांश क्षेत्रमा आज आशिंक बदली हुने


काठमाडौं, १८ कार्तिक । अहिले काठमाडौं सहित देशैभरको मौसम सफा छ । काठमाडौंमा दिउँसोपख आंशिक बद्ली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार आज देशको पूर्वी पहाडी र पश्चिमी पहाडी क्षेत्रमा दिउँसोपख आंशिक बद्ली हुने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी क्षेत्रको उच्च पहाडमा हिमपातको सम्भावना समेत छ । तर मध्य क्षेत्रको मौसम भने समान्यतया सफा हुनेछ । मध्य क्षेत्रमा दिउँसो पख आंशिक बद्ली हुने मौसमविद् कँडेलले बताउनु भयो ।