Thaha

Saturday 21 September - 11:49 pm NST

आज पनि भारततर्फका अधिकांस सीमा नाका ठप्प

काठमाडौं, १७ कार्तिक । भारतीय भन्सार अधिकारीहरुले माथिको आदेश भन्दै सवारी साधन आवागमनमा रोक लगाएपछि आज पनि अधिकांस सीमा नाका ठप्प छन् । हिजोआवत जावत रोक लागाइएका रुपन्देहीको बेलहिया र बाँकेको रुपैडिया नाका आज पनि पूर्ण रुपमा बन्द छन् ।

बेलहिया नाकाबाट हिजो साँझ नेपालबाट केहि सवारी साधन भारततर्फ गएको भएपनि त्यसपछि नाका फेरि पूर्ण रुपमा बन्द रहेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । यस्तै रुपैडिया नाकामा रिक्सा बाहेकका सवारी साधन आवत जावतमा रोक लागाइएको थाहा सहकर्मी विश्वराज पछलडङ्ग्याले जनाएका छन् । यस्तै कपिलबस्तुको कृष्णनगर नाका भने दशै पछिदेखि नै बन्द छ ।

हिजो बन्द रहेको मोरङको बिराटनगर नाका आज खुलेको भएपनि सवारी आवत जावतको क्रम शुरु नभएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पूर्वी नाका काकडभिट्टाबाट पनि केहि दिन यतादेखि अत्यन्तै न्युन मात्रामा सवारी साधन नेपाल भित्रिएका छन् । तर यो नाका भने पुर्ण रुपमा बन्द भने नरेको काकडभिट्टा भन्सार कार्यालयका प्रमुख भीम अधिकारीले जानकारी दिनुभयो । त्यहाबाट हिजो ४९ वटा मालबहाक गाडी नेपाल भित्रिएका थिए ।