Thaha

Sunday 22 September - 2:01 am NST

पर्सामा आज पनि बिहानैदेखि आन्दोलनकारीको प्रदर्शन जारी

काठमाडौं, १७ कार्तिक । पर्सामा आज पनि बिहानैदेखि आन्दोलनकारीले प्रर्दशन गरिरहेका छन् । राती केहिबेर प्रर्दशन रोकेको भएपनि बिहानैदेखि प्रर्दशनकारीले कफ्र्यू लागेको बाहेकका क्षेत्रमा प्रर्दशन गरिरहेका हुन् ।

पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले सामान्य प्रर्दशन भइरहेपनि संवेदनशील क्षेत्रमा कफ्र्यू लागाइएकोले जिल्लाको अवस्था सामान्य रहेको थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो । अहिले प्रर्दशनकारीले कलैया–बीरगगन्ज, बीरगन्ज–परवानीपुर सडक खण्डका विभिन्न स्थानमा प्रर्दशन गरिरहेका छन् । त्यस क्षेत्रमा कफ्र्यू लागेको छैन ।

यस्तै हिजो प्रहरीको गोली लागेर भारतीय नागरिक मारिएको बिरोधमा भारतीय नागरिक मितेरी पुल पारिपट्टि भारतीय क्षेत्रमा धर्नामा बसेका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष प्रदिप यादबले सरकारले आफुहरुको आन्दोलनमा दमन गरेकोले प्रर्दशनमा उत्रनुपरेको बताउनुभयो ।