Thaha

Sunday 22 September - 2:00 am NST

वीरगञ्जमा प्रहरी चौकीमा पेट्रोल बम प्रहार, ६ जना प्रहरी घाईते

काठमाडौं, १६ कार्तिक । पर्साको वीरगन्जस्थित इनर्वा प्रहरीचौकीमा आन्दोलनकारीहरुले आक्रमण गर्दा ६ जना प्रहरी घाईते भएका छन् । आन्दोलनकारीले प्रहरी चौकीमा प्रहार गरेको पेट्रोल बम लागेर सुरक्षार्थ खटिएका दुई प्रहरी घाईते भएका छन् ।

पेट्रोल बम प्रहार गरेलगत्तै उनीहरुले ढुँगा हानेर थप ४ जना प्रहरीलाई घाईते बनाएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । वीरगन्ज भन्सार नजिकै रहेको इनर्वा चौकीमा आन्दोलनकारीले आक्रमण गरेपछि प्रहरीले दुई दर्जनभन्दा बढी फायरिङ्ग र ३ दर्जन अश्रुग्याँस प्रहार गर्नुपरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनुभयो ।

प्रहरीको गोली लागि १ जना भारतीय नागरकीकको मृत्यु समेत भएको छ । नेपाल—भारत सिमा नजिक रहेको शँकराचार्य गेट नजिकै भएको झडपका क्रममा प्रहरीले हानेको गोली लागेर नाम नखुलेका भारतीय नागरीकको मृत्यु भएको हो । वीरगन्ज—रक्सौल नाकामा मधेसी मोर्चाको आन्दोलनका कारण रोकिएका भारतीय गाडीहरु पठाउन आज बिहान प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई लखेटेपछि वीरगन्ज आज बिहानैदेखी तनावग्रस्त बनेको छ । प्रदर्शनकारी र प्रहरीवीच दशगजाक्षेत्रसहीत वीरगन्जका मुख्य चौकहरुमा पटकपटक झडप भईरहेका छन् ।

आन्दोलनरत संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदिप यादवले प्रहरीको लाठिचार्जबाट दुई दर्जन आन्दोलनकारी घाईते भएको बताउनुभयो । अहिलेपनि वीरगन्जको भन्सार, घण्टाघर, माईस्थान, नगवा, वसपार्क सहीतका चोकचोकमा प्रहरी र प्रदर्शनकारीवीच झडप भएको छ । स्थिती तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले वीरगन्ज र आसपासका क्षेत्रमा अहिले ३ बजेदेखी अनिश्चितकालीन कफ्र्यु जारी गरेको छ ।