Thaha

Sunday 22 September - 2:01 am NST

६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइदैं


काठमाडौं, १६ कार्तिक । ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ वटै जिल्लामा भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

पहिलो चारणमा आज खुवाइने र आज खान छुटेकाहरुलाई भोली खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको बाल स्वास्थ्य महाशाखाका अनुसार झण्डै  २७ लाख बालबालिका र तीमध्ये २३ लाख एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका कारण हरेक वर्ष झण्डै १२ हजार बालबालिका अकाल मृत्युबाट बच्न सहयोग  पुगेकोे राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को अध्ययनले देखाएको छ ।