Thaha

Sunday 22 September - 1:44 am NST

काठमाडौंका उपभोक्तालाई आधा सिलिण्डर ग्याँस वितरण गर्ने व्यवसायीको तयारी

काठमाडौं, १४ कार्तिक । काठमाडौं उपत्यकाका उपभोक्ताले आजदेखि खाना पकाउने ग्याँस आधा सिलिण्डर पाउने भएका छन् । ग्याँस पाउने समाचारले ग्याँस डिलरहरुमा उपभोक्ताको भीड लागेको छ ।

तर ग्याँस उद्योगले डिलरहरुमा ग्याँस पठाइनसकेकाले आफूहरु ग्याँसको प्रतिक्षामा रहेको ग्याँस बिक्रेता महासंघका महासचिव चन्द्र थापाले बताउनुभयो । सबै उद्योगमा ग्याँस पुगिनसकेकाले डिलरमा आउन ढिलाई भएको थापाले बताउनुभयो । ग्याँस आउनासाथ व्यवस्थित रुपमा विक्री वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

धेरै उपभोक्ताले पाउन भन्नका लागि सरकारले आधा सिलिण्डर ग्याँस भर्न अनुमति दिएपछि व्यवसायीले १४ दशमलब २ किलोको सिलिण्डरमा ७ दशमलब १ किलो ग्याँस भरेर ७ सय रुपैयाँमा बिक्री वितरण गर्न लागेका हुन् ।  

 देशैभर झण्डै ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । ति मध्ये ६० प्रतिशत ग्राहक काठमाडौं उपत्यकामा छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्याँसको चरम अभाव हुँदै आएको छ । आज झण्डै ४० हजार सिलिण्डर वितरण गर्ने तयारी गरिएको ग्याँस उद्योगीले बताएका छन् ।