Thaha

Sunday 22 September - 1:30 am NST

पेट्रोल लिन चीन गएका ट्याङ्कर हिमपातका कारण केरुङ्मा रोकिए

 

काठमाडौं, १४ कार्तिक । चीनले अनुदानमा दिने भनेको पेट्रोल लिन केरुङ हिँडेका ट्याङ्करहरु सीमावर्ती रसुवागढी नाकामै रोकिएका छन् । चीनको केरुङमा हिउँ परेर बाटो अवरुद्ध भएपछि ट्याङ्करहरु रसुवागढीबाट अगाडि बढ्न नसकेको नेपाल पेट्रोलिय डिलर्स एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिनुभयो ।

हिउँ पन्छाउने कार्य भइरहेको र बाटो खुलेको जानकारी आएपछि मात्रै ट्याङ्करहरु तेल लिन केरुङ जाने छन् ।

रसुवागढीबाट केरुङ २२ किलोमिटरको दुरीमा छ । सिगात्सेबाट तेल लिएर आएका ट्याङ्करहरु पनि हिमपातका कारण केरुङ नजिकै रोकिएको खबर आएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । रसुवागढीको मितेरी पुलमा औपचारिका कार्यक्रम गरेर तेल हस्तान्तरण गरिने भएपनि तेल लिन भने ट्याङकहरु केरुङ नै पुग्नुपर्नेछ ।  चीनका लागि नेपालका राजदुत महेश मास्के, आयल निगमका निर्देशक दीपक बरालसहितको टोली रसुवागढी पुगेको छ ।

चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको १३ लाख लिटर पेट्रोलमध्ये आज पहिलो खेपमा १ लाख ४४ हजार लिटर आउनेछ । त्यसका लागि नेपाल आयल निगमले हिजै १२ हजार लिटर क्षमताका १२ वटा ट्याङ्कर पठाएको थियो ।