Thaha

Sunday 22 September - 2:02 am NST

तामाङ सोसाइटी अफ अमेरिकाद्धारा भुकम्पबाट क्षति विद्यालयलाई सहयोग


काठमाडौं , १० कार्तिक ।
अमेरिका रहेका नेपालीहरुद्धारा संकलित ११ लाख रुपैया रकम आज भुकम्पबाट क्षति भएका विद्यलायलाई हस्तान्तरण गरिएको छ । काठमण्डौंमा आयोजित एक कार्यक्रममा तामाङ सोसाइटी अफ अमेरिकाका निर्वतमान अध्यक्ष इन्द्र तामाङले भुकम्पबाट क्षति भएको विद्यालयको पुन निर्माणका लागि विद्यालय ब्यवस्थापन समितिलाई पैसा हस्ताणतरण गर्नु भएको हो । 
वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षति भएको विद्यालयको भौतिक संरचना पुन निर्माण तथा शैक्षिक गुणस्तरको लागि सो रकम हस्ताणतरण गरिएको टिएसएका निवर्तमान अध्यक्ष तामाङले बताउनु भयो । नवलपुर मावि सिन्धुपाल्चोकलाई ४ लाख, भिम मावि भेड्पु दोलखालाई ३ लाख, सेती देवी प्रावि दोराम्बा रामेछापलाई १ लाख, जनज्योती मावि काभ्रेलाई १ लाख र च्याम्रा देवी प्रावि धादिङका विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिलाई १ लाख रुपिया निवर्तमान अध्यक्ष तामाङले हस्ताणतरण गर्नु भएको थियो । 
यसैगरी सामाजिक सेवामा क्रियाशिल संस्था नाम्ग्याल रिम्पोर्छे फाउडेशन नेपाललाई १ लाख रुपिया र तामाङ भाषा, गीत संगित कला संस्कृतिको संरक्षणको लागि नेपाल तामाङ कलाकार संघलाई १ लाख गरी जम्मा १३ लाख रुपियां रकम हस्तान्तरण गरिएको थियो ।