Thaha

Saturday 22 August - 5:23 pm NST

झापामा १६ लाख बढि नगदसहित जुवाडे पक्राउ


लक्ष्मी काफ्ले, झापा । १० कार्तिक । 
झापाको विर्तामोड नगरपालिकामा रहेको एक कार्यालय कोठामा प्रहरीले मध्यरातमा छापा मारी १८ जना जुवाडेलाई नगद १६ लाख १२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको छ ।  पक्राउ पर्ने झापाको कनकाई नगरपालिका–२ का देवेन्द्र रिसाल, सोही नगरपालिका–३ का सागर थापा, भरत ढकाल, प्रकाश श्रेष्ठ, देवीलाल गर्ग, नवीन शिवाकोटी, बिर्तामोड नगरपालिका–६ का डलकुमार राई, सोही नगरपालिका–४ का सनम हलवाई रहेका छन् ।

त्यस्तै सुनसरीको इटहरी नगरपालिका–४ का गुणराज राई, मोरङको विराटनगर उपमहानगरपालिका–३ का मनोज केसी चौहानलगायत १८ जना रहेका झापा प्रहरलिे जनाएको छ । बिर्तामोड–१ अतिथि सदन रोडमा रहेको एक घरबाट विगत लामो समयदेखि जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको विशेष प्रहरी टोलीले छापा मारेर जुवाडेहरुलाई पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।  

प्रहरीले उनीहरुको साथबाट १६ थान कौडासमेत बरामत गरेको छ । पक्राउ परेका जुवाडेहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दाहालले बताउनु भयो ।