Thaha

Sunday 22 September - 1:30 am NST

चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ पर्सिसम्म रसुवागढी आइपुग्ने

काठमाडौं, ९ कार्तिक । नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ पर्सिसम्म रसुवागढी आइपुग्ने भएको छ । दैनिक २५ वटा नेपाली ट्यांकरले रसुवागढीबाट अनुदानको इन्धन काठमाण्डौं पठाउने रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो । रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिनेछ ।

भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ । रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो फौज टिमुरेमा तैनाथ गरी सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले जानकारी दिनुभयो । यसैबीच, चीनबाट अन्य उपभोग्य सामान आयातका लागि १३ जना व्यापारी र स्थानीयबासिन्दा हिजो केरुङतर्फ गएका छन् ।