Thaha

Sunday 22 September - 2:02 am NST

मिथिलान्चलमा लक्ष्मीनारायणको शोभायात्रा


महोत्तरी, ६ कर्तिक ।
मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक महोत्सवका रुपमा स्थापित लक्ष्मीनारायणको विजय शोभायात्रा आज हर्षोल्लासपूर्वक निकालिएकोे छ । महोत्तरीको मटिहानीमा आज भन्दा ४ सय वर्ष पहिलेदेखि मनाउँदै आइएको शोभायात्रा हरेक वर्ष विजयादशमीको भोलिपल्ट निकाल्ने प्रचलन छ । 
लक्ष्मीनारायणको मठ मटिहानीबाट कलात्मक पालकी र डोलीमा भगवान् लक्ष्मीनारायणको मूर्ति तथा हनुमानको निशान राखेर ब्राह्मणद्वारा वेद पाठ र शंखध्वनिसहित स्तुति र भजनकीर्तन गर्दै यात्रा सुरु गरिएको थियो । 
लक्ष्मीनारायण मठबाट निकालिएको शोभायात्राले नगरको विभिन्न भागको यात्रा गरी फेरी मन्दिरमै पुगेर समापन भएको हो । शोभायात्रामा महोत्तरी, धनुषा, सर्लाही, सिरहा र भारतको विहारको सीतामढी, मधुवनीबाट आएका भक्तजनको सहभागिता थियो ।