Thaha

Sunday 22 September - 1:31 am NST

सिन्धुपाल्चोकको लिशंखुमा म्हानिछ्योको


काठमण्डौं, ६ कार्तिक । 
सिन्धुपाल्चोको लिसंखुमा आज बौद्धधर्मालम्बी तामाङहरुले धार्मिक म्हानिछ्योको आयोजना गरेका छन्  । आश्विन शुक्लप्रतिपदा दशमीका दिन गुरुरिन्पोछेको जन्मजयन्ति पर्ने भएकोले हरेक वर्ष दशमीको भोलिपल्ट एकादसीमा गुम्बा तथा छ्योर्तेन परिक्रमा गर्दै म्हानिछ्योको गर्ने गरिन्छ । 
हरेक वर्ष लामाहरुले म्हानिछ्योको पालैसंग आयोजना गर्ने प्रचलन रहेको छ्योइफेल कुन्देलिङ गोन्पाका लामा नोर्बु योन्जनले बताउनु भयो । लगातार ५, ६ घण्टा सम्म गुरुरिन्पोछेको महिमा लयवद्ध पाठ गर्दै खुट्टाको तालमा नाच्दै माने तथा छ्योर्तेन परिक्रमा गर्नुलाई म्हानिछ्योको भनिन्छ । 

म्हानिछ्योकोमा दशैको बेलमा बलि दिइएका हजारौं पशुप्राणीहरुको आत्माले शान्ति पाओस् भन्दै मोलम पाठ पनि हुने लामा नोर्बुले जानकारी दिनुभयो । त्यस्तै अवलोकित्तेश्वर (चेन्ह्रेसिक्) को मोलमहरु लयवद्ध पाठ गर्दै खुट्टाको तालमा नाच्दै साँझ म्हानिछ्योको सम्पन्न गरिन्छ ।