Thaha

Sunday 22 September - 1:26 am NST

किर्तिपुरमा परम्परागत देवीनाच शुरु


काठमण्डौं, कार्तिक ६ । 
हरेक बाह्र वर्षमा कीर्तिपुरमा हुने देवी नाच आज नगाउँ र पाँगामा प्रदर्शन भइरहेको छ । पिठमा पुजाआज सकेर मुकुण्डो हस्तारण गरेपछि नाच नाच शुरु भएको देवीनाच प्रचारप्रसार संयोजक श्रीकृष्ण महर्जनले जानकारी दिनुभयो । 
विभिन्न शक्ति स्वरुपाहरुको मुकुण्डो र बस्त्र पहिरिएर आज नगाउँ र पाँगामा नाच्दै परिक्रमा गरिनेछ । काली, बाराही, गंगा, कुमारी, विष्णुवी, इन्द्रायणी, ब्रम्हायणी, सिंघीनि, ब्याग्रिनी, गणेश, भैरव र स्वेत भैरवको मुकुण्ड लगाएर नाच देखाईन्छ । आजको चारदिन पछि किर्तिपुर नगरपालिका —१, सत्वकोमा दिनभर रातभर नाच देखानेछ । 


नेवार समुदाय भित्रपनि मालीहरुले यो नाच नाच्ने परम्परा छ । प्रचार संयोजक महर्जनका अनुसार १४ औं सताब्दीमा यो नाच शुरु भएको हो । यो नाच लगभग ११ महिनासम्म चल्नेछ ।