Thaha

Sunday 22 September - 1:17 am NST

एमाओवादी अध्यक्ष दाहालको पनि बडा दशैंको अवसरमा सवैमा शुभकमना, सांस्कृतिक एकता मुलआधार भएको ठहर


काठमाडौ, ५ कात्तिक । यस्तै एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बडा दशैंको अवसरमा शुभकमना दिनुभएको छ । देश तथा विदेशमा रहेका सबै नेपालीको सुखशान्ति एवं समृद्धिको कामना गर्दै प्रचण्डले बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विषेशता भएको नेपाललाई समृद्ध बनाउन सांस्कृतिक एकता मुलआधार रहेको बताउनु भएको छ ।

प्रचण्डले भखैरै नयाँ संविधान बनाउने काम सकिएको र त्यसको कार्यवन्यनका लागि सबै दलकरु एक भएर अगाडि बढ्न् पर्नेमा जोड दिनु भएको छ । अध्यक्ष प्रचण्डले आन्दोलनरत दल तथा समुदायका जायज माग तत्काल वार्ताको माध्यमबाट निकास दिन र इन्धनको असहजता हटाई जनतालाई राहत दिन भारतसंग  विषेश कुतनैतिक पहल एवं वैकल्पीक ब्यवस्था गर्न सरकारलाई विषेश आग्रह पनि गर्नु भएको छ ।