Thaha

Sunday 22 September - 1:43 am NST

बडादशैंको आठौ दिन आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौं, ४ कात्तिक ।  बडादशैंको आठौ दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ । आजै महानवमी पनि परेको छ । यसैवीच राष्ट्रपति डा. रामबरण यादवले अहिले विभिन्न शक्तिपिठहरुको दर्शन गरिरहनुभएको छ ।

राष्ट्रपति यादव अहिले नक्साल भगवती, गुह्ेश्वरी, मैतिदेवी, भद्रकाली, संकटा भवानीको मन्दिरको दर्शन तथा पूजाआजाका लागि निस्कनुभएको उहाँका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । आजै जीवित देवी कुमारीलाई आज तलेजु भवानीको दर्शन गर्न लगिंदैछ । बडा दशैँको नवमीका दिन कुमारीलाई तलेजु लैजाने गरिएकोमा यसपटक महाअष्टमी र नवमी एकै दिन परेकाले आज लगिने कुमारीका सहयोगी गौतमरत्न शाक्यले बताउनुभयो ।