Thaha

Sunday 22 September - 1:26 am NST

बाँकेमा यात्रुवाहक बस पल्टिएर ७ जनाको मृत्यु

बाँके, ३ कात्तिक । बाँकेमा आज बेलुकी यात्रुवाहक बस पल्टिएर आगोलाग्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट नेपालगन्ज जाँदै गरेको लु १ ख ५८२८ नम्बरको बस बेलुकी ५ बजे बाँकेको खासकुस्मा वडा नम्बर ८ चपरगौरीमा पल्टिएको थियो ।

बस पल्टिएपछि बसमा रहेको खाना पकाउने ग्याँसको सिलीन्डर पड्कीएको प्रहरी नायक उपरिक्षक डिएसपी भिमकिरण बोगटीले जानकारी दिनुभयो । बसमा दुईवटा सिलीन्डर ग्याँससँगै पेट्रोल रहेको बताईएको छ । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीले उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म ७ जनाको शव भेटिएको तर पहिचान भईनसकेको डिएसपी बोगटीले बताउनुभयो ।

बसमा आगो लागेपछि ५ जनाले भागेर ज्यान जोगाएका छन् भने अन्य ८ जनाको गम्भिर अवस्थामा उद्धार गरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ । डिएसपी बोगटीका अनुसार ५५ जना सवार बसबाट ७ जनाको शव निकालीएको,  ८ जना घाईते भएको र ५ जना भाग्न सफल भएको बाहेक अन्यको अवस्था अज्ञात छ । उनीहरुको खोजी भईरहेको छ ।