Thaha

Saturday 21 September - 11:30 pm NST

बौद्धधर्मालम्बी मौन व्रत बस्दै

सन्चु ब्लोन , काठमण्डौं, ३ कार्तिक ।

बौद्धधर्मालम्बीहरुले आजबाट प्राणी जगत र मानव कल्याणको लागि भन्दै सामुहिक निरहार मौन व्रत शुरु गर्दै छन् । जसलाई ङ्युङ्ने भनिन्छ । काठमण्डौंको स्यम्भुमा रहेको मुस्ताङ गुम्बा, स्यम्भुकै किमडोलमा रहेको बुद्धिष्ट टिचिङ सेन्टर, बौद्धको बौद्धजागारण केन्द्र लगायत गुम्बाहरु र उपत्यका बाहिरका गुम्बाहरुमा तिन दिने सामुहकि मौन व्रत बस्दैछन् ।  
स्वास्थ्य लाभ, दिर्घाय, प्राणी जगतको मुक्ति तथा काल्याण होस भन्ने कामनासहित मौन व्रत बस्ने गरेको लामा पाल्साङबज्रले बताउनुभयो । यसका साथै विभिन्न अष्ट भयबाट मुक्त हुन पनि मौन व्रत बसिने उहाँले बतानउनुभयो । 
व्रत बसे भुकम्प, बाढिपहिरो, आँधीबेहरि, अग्नि, चट्याङ, अनिकाल,  रोगब्याधि र हतियारको भयबाट मुक्त हुने विश्वास रहेको छ । अश्विान शुक्ला प्रतिपदाको सप्तमीबाट शुरु मौन व्रत दशमीका दिन सम्पन्न हुने गर्छ ।  मैनव्रतको पहिलो दिन आज त्रिरत्नको पुजापाठ हुन्छ । दोस्रो दिन दश दिशाको बुद्ध तथा बोधिसत्वको साथै पुजापाठ गरी तेस्रो दिन पद्मसम्भवको पुजा गरेपछि मौनव्रत तोडिन्छ ।