Thaha

Saturday 21 September - 10:52 pm NST

ट्रेकिङका लागि आउने विदेशी पर्यटकको संख्यामा कमी


काठमाडौं, ३ कात्तिक । नेपालमा ट्रेकिङका लागि आउने विदेशी पर्यटकको संख्यामा आधा भन्दा बढीले कमी आएको छ । भूकम्प, बन्द हड्ताल र पछिल्लो समय भारतसँगको बिग्रँदो सम्बन्धका कारण पर्यटकको संख्या ह्वात्तै घटेको हो । गत सेप्टेम्बरदेखि नै ट्रेकिङ सिजन सुरु भएपनि अहिले मुस्किलले ३५ प्रतिशत पर्यटक मात्रै ट्रेकिङका लागि आइरहेको ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल टानले जनाएको छ ।

भूकम्पका कारण ट्रेकिङ रुटमा खासै क्षति नपुगेपनि अन्तर्राष्ट्रिय जगतमा गलत चर्चा भएकाले पर्यटक घटेको टानका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद रिजालले बताउनुभयो । थाहा संचार नेटवर्कसँग कुरा गर्दै अध्यक्ष रिजालले त्यो भ्रमलाई चिर्न र यहाँको ट्रेकिङ व्यवसायबारे अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा जोड दिइने बताउनुभयो ।

ट्रेकिङका लागि नयाँ गन्तब्य खोजी भइरहेपनि स्रोत र साधनको अभावका कारण यो व्यवसयालाई व्यवस्थित गर्न नसकिएको उहाँको भनाई छ । ट्रेकिङका लागि नेपाल आउने अधिकांश पर्यटक अन्नपूर्ण क्षेत्र पुग्ने गर्दछन् । खुम्बु, लाङटाङ, मनास्लु धौलागिरी, गौरीशंकरलगायत अन्य रुटमा पनि पर्यटकहरु रमाउने गरेका छन् ।