Thaha

Tuesday 07 April - 8:53 pm NST

इन्धन अभावका कारण यस वर्ष दशै मनाउन काठमाडौंबाट बाहिरिनेको संख्या घट्ने

कात्तिक, २ असोज । इन्धन अभावका कारण यस वर्ष दशै मनाउन  काठमाडौंबाट बाहिरिनेको संख्या घट्ने भएको छ । इन्धन अभाबले पर्याप्त सार्वजनिक सवारी साधन सन्चालन गर्न नसकिएको र नीजि गाडीले पनि इन्धन नपाएका कारण काठमाडौंबाट बाहिरिनेको संख्या घटेको हो । ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९ सय ५१ गाडीमा  १० लाख ५५ हजार २ सय ३२ मानिस बाहिरिएका छन् ।

उपत्यका भित्रिएका एक लाख ३१ हजार २ सय ६६ गाडीमा १३ लाख १७ हजार ३ सय ४२ यात्रु प्रवेश गरेका छन् । तर केहीदिनदेखि भने काठमाडौं उपत्यकाबाट बाहिरिेको संख्या ह्वात्तै बढेको छ । विगतमा दशै मनाउनका लागि काठमाडौंबाट झन्डै २० लाख मानिस बाहिरिने गरेका थिए । आयल निगमले सार्वजनिक सवारी साधनलाई प्रथमिकतामा राखेर इन्धन दिएपनि त्यो पर्याप्त नभएको यातायात व्यबसायीले बताएका छन् ।

विगतमा काठमाडौंबाट यात्रु बाहिरिन अन्य अवस्थामा भन्दा दोव्बर बढि बस सन्चालन गर्ने गरिएको भएपनि अहिले करिब २५ प्रतिशत बस मात्रै सन्चालन गर्न सकिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष डोलनाथ खनालले जानकारी दिनुभयो । सकेसम्म लामो दुरीका सवारी साधन र काठमाडौंबाट बाहिरिन चाहानेलाई प्राथमिकतामा राखिएको खनालले बताउनुभयो ।