Thaha

Saturday 21 September - 11:26 pm NST

गाडी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १ कात्तिक । रुपन्देही, सिन्धुली र धनुषामा भएका गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको पडसरीमा गएराती रोकिराखेको ट्रकमा मोटरसाईकल ठोकिदाँ मोटरसाइकल चालक ओखलढुङ्गाका ३० बर्षिय मेघजित राईको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको  पडसरी ८ कटैयामा रोकी राखेको ना ५ ख १९ ०५ नम्बरको ट्रकमा लु ५ प ६६ ६१ नम्बरको मोटरसाईकल ठोकिएको थियो । यस्तै धनुषाको मिथिला नगरपालिकामा  नम्बर नखुलेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अन्दाजी ३० बर्षिय पुरुष व्यक्तिको उपचारको क्रममा जनकपुर अस्पतालमा मृत्यु भएको प्रहरी चौकी लालगढ धनुषाले जनाएको छ ।

दुर्घटना गएराती १ बजे भएको थियो । यसैगरी सिन्धुलीको रत्नावतीमा पनि नम्बर नखुलेको गाडीको ठक्करबाट स्थानिय बम बहादुर राइको मृत्यु भएको हो । राइको गएराती ११ बजे मृत्यु भएकोे थियो । त्यस्तै चितवनको खैरेनीमा गएराति बसको ठक्करबाट एम्बुलेन्समा सवार ३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । घाइतेहरुको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । ना ५ ख ४१ ६३ नम्बरको बस र ना २ च ६४ ५४ नम्बरको एम्बुलेन्स गएराती ९ बजे ठोक्किएका प्रहरीले जनाएको छ ।