Thaha

Saturday 21 September - 11:10 pm NST

राजधानी सुनसान बन्दै

अभिराज ओली । काठमाडौं, १ कात्तिक । दशै सुरु भइसकेको भएपनि बजारमा किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन । निक्कै भिडभाड हुने काठमाण्डौको असन, इन्द्रचोक, न्यूरोड, अनुमानढोका लगायतका स्थानमा पनि यो पटक त्यति चहलपहल बढ्न नसकेको व्यापारीहरुले बताएका छन् । अन्य ठाउँहरु पनि सुनसान जस्तै छन् ।

भारतले लगाएको नाकावन्दी र भुकम्पका कारण यो पटक व्यापारिक बजार सुनसान जस्तै भएका हुन् । नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावमा घर जाने टिकट नपाउने समस्या, बजारभाउमा अस्वाभाविक मूल्य बृद्धि  र भुकम्पका कारण बजारमा चहलपहल बढ्न नसकेको हो ।

पोहोरको तुलनामा यो वर्ष दशै सुरु भए पनि किनमेल गर्न आउने मानिसको चहलपहल बढ्न नसकेको असनका व्यापारी सुमन श्रेष्ठले बताउनुभयो ।