Thaha

Saturday 21 September - 10:48 pm NST

दशैं अन्तर्गत आज कात्यायिनी भगवतीको पूजा गरिँदै

काठमाडौं, १ कात्तिक । दशैं अन्तर्गत आज कात्यायिनी भगवतीको पूजा गरिँदैछ । रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वासमा यस दिन कात्यायिनी भगवतीको पूजा गर्ने गरिन्छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

काठमाडौं उपत्यका भित्रका गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । दसैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको पुजा आराधाना गर्ने गरिन्छ ।

नवदुर्गाको पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ । दशैको टिकाको दिन सुभ साइतमा ९ दिन सम्म पुजा गरेको भगवानको प्रसाद ग्रहण स्वरुप टिका र जमरा लगाइ मान्यजनबाट टिका थाप्ने गरिन्छ ।