Thaha

Saturday 21 September - 11:22 pm NST

इन्धनमा भारतको अझै आनाकानी

काठमाडौं, २९ असोज । भारतीय आयल कर्पोरेशन आइओसीले अझै इन्धनको लोड दिन आनाकानी गरिरहेको छ । बुधबार ६ वटा ट्याङ्करमा मात्र इन्धन भरिदिएको सिलिगुढीस्थित डीपोले हिजो पनि दिनभरमा १० वटामा लोड दियो । सिलिगुढी डिपोमा कम्तिमा अरु २२ वटा नेपाली ट्याङ्कर तेल पर्खेर बसेका छन् ।

तर, बिनाकारण आइओसीले झुलाएर राखेको छ ।‘आइओसीले तेल भर्न बोलाएपछि ट्याङ्कर पठाएको हो,’ मेची पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष नविन कोइरालाले थाहा सञ्चारसँग भन्नुभयो, ‘तर गएका गाडीमध्ये १० वटामा मात्रै भरिदिएको छ ।’ भारतीय पक्षको यस्तो व्यवहारप्रति नेपाली प्रशासन आक्रोशित बनेको छ ।

हिजो ६ वटा डिजेल, ३ वटा पेट्रोलको ट्याङ्कर र एउटा हवाई इन्धनको बुलेटमा आइओसीले लोड दिएको छ । यसैबीच लोड नै नभएपछि अन्य नाकाहरुबाट पनि हिजो इन्धन आयात हुन सकेको छैन । बीरगन्ज बाहेका सबै नाका सन्चालनमा भएपनि भारतीय अवरोधका कारण इन्धन आयात हुन नसकेको हो । सबै नाकाबाट आज बिहान पनि मालबहाक गाडी मात्रै आइरहेका छन् ।