Thaha

Saturday 21 September - 10:51 pm NST

खाद्य संस्थानद्धारा खसीबोका र भेडाच्याङ्ग्राको बिक्री वितरण सुरु

काठमाडौं, २९ असोज । नेपाल खाद्य संस्थानले आजदेखि खसीबोका र भेडाच्याङ्ग्राको बिक्री वितरण सुरु गर्दैछ । दशैंलाई लक्षित गरी संस्थानले ७ सय भेडाच्याङ्ग्रा र झण्डै ५ सय खसीबोका ल्याएको छ । इन्धन अभाव र तराई आन्दोलनका कारण तराईबाट खसीबोका ल्याउन नसकेपछि संस्थानले पहिलोपटक मुस्ताङबाट ७ सय भेडाच्याङ्ग्रा ल्याएको हो ।

यसअघि खसीबोका ल्याउन नसकिने भएपछि संस्थानले भेडा च्याङ्ग्रा खरिद गरेपनि पछि मकवानपुरबाट ५ सय खसीबोका ल्याउन सकिएको संस्थानले जनाएको छ । गत बर्ष झण्डै ६ सय खसीबोका बिक्री गरेको थियो । यसपटक भेडाच्याङ्ग्रा पनि थपिएकाले समस्या नहुने संस्थानका प्रवक्ता श्रीमणीराज खनालले जानकारी दिनुभयो ।

अहिले केहीबेरमा संस्थानको बेठक बसेर मूल्य निर्धारण गरिएपछि बिक्री खोलिने उहाँले बताउनुभयो । काठमाडौंको थापाथलीमा रहेको संस्थानको बागमती अंचल कार्यालयबाट बिक्री वितरण हुनेछ । इन्धन अभावका कारण यसपटक खसीबोकाको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।