Thaha

Saturday 21 September - 10:52 pm NST

एन आर एनको सातौं अन्तराष्ट्रिय समन्य परिषदको सम्मेलन आजदेखि

काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ एन आर एनको सातौं अन्तराष्ट्रिय समन्य परिषदको सम्मेलन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । काठमाण्डौको एक होटलमा आज बन्द सत्र शुरु हुने र भोलीदेखि औपचारिक कार्यक्रम शुरु हुनेछ । त्यसका लागि अहिलेसम्म ६८ देशबाट झण्डै १५ सय प्रतिनिधि काठमाण्डौमा आइसकेका एन आर एन युरोपका उपसंयोजक सोम सापकोटाले जानकारी दिनुभयो । कात्तिक १ गतेसम्म हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष शेष घले, रतिस झा र टिपी कार्की प्रतिष्प्रर्धामा छन् । उम्मेदवारी दिने अन्तिम समय अहिले ९ बजे सम्म मात्र भएको र प्रतिनिधि आउने क्रम जारी रहेकाले समय थप हुने साप्कोटाले बताउनुभयो ।