Thaha

Saturday 21 September - 10:53 pm NST

महान चाड बडादशैं आजदेखि सुरु

काठमाडौं, २६ असोज । नेपाली हिन्दुहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदैछ । आज गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ वा मकै छर्ने गरिन्छ । जमरा छर्नका लागि उत्तम साइत बिहान ११ बजेर २५ मिनेटमा रहेको गौतमले जानकारी  दिनुयभो ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिन्छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुने भएकाले दुर्गा मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।