Thaha

Saturday 21 September - 10:47 pm NST

दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दैँ

अभिराज ओली । काठमाडौं, २५ असोज । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्न सुरु भएको छ । पेट्रोलियम पदार्थको अभावमा कम गाडि चलेपनि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढ्न सुरु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २२ सवारीमा ५१ हजार ९ सय ९६ यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो संख्या हिजोअस्तिको तुलनामा झण्डै १५ हजारले बढी हो । दशैंका बेला बर्षेनी काठमाडौं उपत्यकाबाट झण्डै २० लाख मानिस बाहिरिने गर्छन् ।  यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ सय ८२ जना सवारी चालक कारवाहीमा परेका छन् ।