Thaha

Saturday 21 September - 7:50 pm NST

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’बाट तीन पत्रकार सम्मानित

काठमाडौं २२ असोज । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७१’ कान्तिपुर दैनिकका जनक नेपाल, कान्तिपुर टेलिभिजनका नारायण किलम्बू र शिक्षक मासिकका बाबुराम विश्वकर्मालाई संयुक्त रुपमा प्रदान गरिएको छ । 
शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच सभामुख सुवास नेम्वाङले पुरस्कार विरतण गर्नुभएको हो । पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ । क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार पूर्वाञ्चलबाट जयकृष्ण यादव र छेटु शेर्पा, मध्यमाञ्चलबाट फणि महत र रामेश्वर कार्की, उपत्यकाबाट कोकिला खड्का केसी र रोशन क्षेत्री गाउँले, पश्चिमाञ्चलबाट गगनशिला खड्का र शोभाखर पन्थी, मध्यपश्चिमाञ्चलबाट धनबीर दाहाल र राजेन्द्र नाथ र सुदूरपश्चिमाञ्चलबाट निमेन्द्र शाहीलाई प्रदान गरिएको छ ।
यस्तैगरी, ‘शिक्षा लेखनवृत्ति पुरस्कार पूर्वाञ्चलबाट भोलाकुमार पासवान र वैद्यनाथ यादव मध्यमाञ्चलबाट नरेन्द्र सापकोटा, राजकुमार गोले र मन्दिरा थापालाई प्रदान गरीएको छ । उपत्यकाबाट संयुक्त रुपमा वीरेन्द्र ओली, पार्वता चौधरी र सइन्द्र राई, पश्चिमाञ्चलबाट नवीनराज कुइकेल, कृष्ण खनाल र गोपीराम ज्ञवाली, मध्यपश्चिमबाट अर्जुन ओली  र हेमन्त केसी, सुदूरपश्चिमबाट मोहन विष्ट र रामबहादुर कुँवरलाई प्रदान गरीएको छ ।