Thaha

Saturday 21 September - 7:49 pm NST

सल्यानमा ३ वटा रात्रीबसका यात्रु लुटिए


प्रेमराज रावत,
सल्यान २२ असोज । 
सल्यानको स्वीकोटमा गएराती ३ वटा गाडिमा सवार यात्रुलाई लुटेराको एक समूहले लुटपाट गरेको छ । नेपालगञ्जबाट रुकुम चौरजहारीका लागि छुटेका ना ४ ख ५९७, ना ४ ख १३१७ र ना४ ख ८३८६ नं. का गाडिमा ८, ९ जनाको समूहमा रहेका लुटेराहरुले राती २ बजेतिर लुटपाट गरेका हुन । गाडिमा सवार यात्री र गाडिमालिकसंग रहेको २० लाख रुपैयाँ र ५२ वटा मोवाइल सेट लुटेको अस्थायी प्रहरी चौकी नेटाका प्रहरी सहायक निरिक्षक भिम बहादुर खड्काले जानकारी दिनुभयो । 

मुखमा कालो पट्टी बाँधेका लुटेराहरुले प्लाष्टीक जस्तो देखिने पेस्तोल, खुकुरी र लाठी देखाई यात्रुलाई कब्जामा लिई लुटका  थिए । उनिहरुले सल्यान स्वीकोट ५ टाट्केका ३३ बर्षिय सुकलाल घर्तीलाई ढाडमा खुकुरी प्रहार गरि सख्त घाइते समेत बनाएका छन । घर्तिको रुकुम चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । लुटेरा फरार रहेको र खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ । 

खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय रागेचौर, इलाका प्रहरी कार्यालय सल्लीबजार र नेटा प्रहरी चौकी लागि परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले पनि प्रहरी निरिक्षक विनोद खड्काको नेतृत्वमा घटनास्थलतर्फ टोली खटाएको जानकारी दिएको छ ।