Thaha

Saturday 21 September - 7:40 pm NST

पोखरामा अल्ट्रालाइट बेपत्ता

काठमाडौं, २१ असोज ।  पोखरा विमानस्थलबाट विहान साढे १० बजेतिर उडेको अल्ट्रालाईट जहाज वेपत्ता भएको   छ । विहान  ११ बजेर ३५ सम्म सम्पर्कमा रहेको अल्ट्रालाईट जहाज त्यसपछि सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अल्ट्रालाईटमा नाम नखुलेका रसियन चालक र दक्षिण अफ्रिकी महिला पर्यटक सवार रहेको प्रहरीले जनाएको छ ।

पोखरा अल्ट्रालाईट प्रा लिले सञ्चालन गरेको अल्ट्रालाईट जहाज कास्कीको उत्तरी भेग माछापुछ«े हिमालका दृश्यहरु अवलोकनका लागि उडेको थियो । 
बेपत्ता अल्ट्रालाईट जहाजको खोजीमा सार्दीखोला, घान्द्रुक, घाचोक लगायतका प्रहरी चौकी सकृय रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक सहित दुई जना अट्ने अल्ट्रालाईट जहाज पोखरा आसपासका हिमश्रृंखला दृश्यावलोकनका लागि प्रख्यात मानिन्छ ।