Thaha

Saturday 21 September - 7:59 pm NST

तरकारीको भाउ उकालो चढ्दैं

काठमाडौं, २१ असोज । भारतीय नाकाबन्दीका कारण इन्धन अभाब हुँदा काठमाडौंमा तरकारी कम भित्रन थालेको छ । ढुवानीमा समस्या परेका कारण उत्पादित तरकारी सड्ने अवस्थामा पुगेको र बजारमा तरकारीको अभाब हुन थालेको कालिमाटी तरकारी तथा फलफूल बजारका थोक बिक्रेता भगवानचन्द्र उप्रेतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा हिजोदेखि तरकारी कम भित्रन थालेको छ । हिजो र आज इन्धन अभावका  कारण झन्डै पाँच सय मेट्रिक टन मात्रै तरकारी भित्रिएको छ । यसअघि दैनिक ७ सय ५० मेट्रिकटन तरकारी भित्रने गरेको थियो । तरकारी कम भित्रिएसँगै भाउ समेत बढेको छ ।

कालीमाटी तरकारी तथा फलपूmल बजारका थोक बिक्रेता राजेश श्रेष्ठका अनुसार आज प्याज १ सय ३०, बोडी १००, भिन्डी र बरेला ८०, घ्युसीमी ७०, बन्दा, काउली र करेला ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भैरहेको छ । यस्तै लौका र भन्टा ५०, सेतो मुला र रातो आलु ४०, सेतो आलु ३२ र स्कुस १० देखि १५ रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ ।