Thaha

Saturday 21 September - 7:48 pm NST

विश्व दृष्टि दिवस आज


काठमाडौं, २१ असोज ।  ‘सबैका लागि आँखा स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइ.ए.पि.बी.को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।

डब्लु.एच.ओ र आइ.ए.पि.बी.ले सन् १९९९ को फेब्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न भिजन ‘ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट’ कार्यक्रम घोषणा गरेका थिए । जस अन्तर्गत आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपनाको मान्यतामा रहेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।

नेपालमा भने ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यमा सुधारका लागि कार्यक्रम केन्द्रित गरिएको छ । सरकारले सन् १९९९ नोभेम्बरमा भिजन ट्वेन्टी–ट्वेन्टी कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागु गरेको छ । पछिल्लो तथ्यांक अनुसार नेपामा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना छ ।