Thaha

Saturday 21 September - 7:44 pm NST

भोलिदेखि कैलालीमा कफ्र्यू हट्ने


कैलाली २० असोज । कैलालीको सुदूरपूर्वी टीकापुर क्षेत्रमा विगत ४७ दिनदेखि लगाईएको कफ्र्यु भोलि विहान ६ बजेदेखि पूर्णरूपमा हटाईने भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईका अनुसार भदौ ७ गतेको घटनासँगै टीकापुर र भजनी त्रिशक्ति नगरपालिका लगायत पथरैया, दुर्गौली, मुनुवा, नारायणपुर र थापापुर लाग्दै आएको कफ्र्यु भोलि  बिहानदेखी हटाईएको तर निषेधाज्ञा भने अर्को आदेश नभएसम्मका लागि यथावत रहने   बताउनुभयो ।

वातावरण सहज बन्दै गएकोले कफर््यू हटाउन लागिएको उहाँले बताउनुभयो । यसअघि यस क्षेत्रमा साँझ ६ बजेदेखि विहान ६ बजेसम्म कफ्र्यु लयाइदैं आइएको थियो ।