Thaha

Saturday 21 September - 7:53 pm NST

कक्षा १२ को परिक्षाफल प्रकाशित

काठमाडौं, २० असोज । कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा संकाय तर्फको परीक्षाफल प्रकाशित भएको  छ । उच्च माध्यमिक शिक्षा परिषद्ले आज सार्वजनिक गरेको नतिजा अनुसार ३९ दशमलव ९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन । यस्तै आंशिक तर्फ १ लाख ३९ हजार ८ मध्ये ४१ हजार ९ सय २६ अर्थात ३२ दशमलव ४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।