Thaha

Saturday 21 September - 8:04 pm NST

भारतीय भूमिबाट मधेशी मोर्चाका कार्यकर्ताद्वारा बेलहियामा प्रहरीमाथि आक्रमण

रुपन्देही, २० असोज । रुपन्देहीको बेलहियामा मधेशी मोर्चाका कार्यकर्ताले भारतीय भूमि र दशगजा क्षेत्रबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । भारतको सुनौली बसपार्कबाट आएका मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का सहित कम्तिमा १० जना प्रहरी घाईते भएका छन् ।

मोर्चाका कार्यकर्तालाई भारतीय सीमा सुरक्षा बल र प्रहरीले सहयोग गरेको बेलहिया प्रहरीले दावी गरेको छ । मोर्चाका कार्यकर्ताले घरेलु हतियार र गुलेलीले सरक्षाकर्मीमाथि आक्रमण गरेका थिए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनौलीमा रहेको भारतीय सरकारी गेष्ट हाउसमा बसेर आन्दोलनको नेतृत्व गरिरहनुभएको छ ।  

महतो पुगेलगत्तै आन्दोलन हिंसात्मक भएको हो । भारतीय भूमिबाट आक्रमण भएकाले आफूहरुले केही नगरेको बेलहियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो । नेपाल भारत सम्बन्धमा खलल नपरोस भनेर आफूहरुले भारतीय भूमिबाट आक्रमण गर्ने आन्दोलनकारीमाथि बल प्रयोग नगरेको उहाँको भनाई छ । आक्रमणबाट किनमेलका लागि सुनौली पुगेका भलबारी सुकुम्वासी टोलका कृष्ण बहादुर क्षेत्री आन्दोलनकारीको कुटपीटबाट गम्भिर घाईते हुनुभएको छ ।

उहाँको हातका औला काटिएको  छ भने शरिरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको छ । मधेशी मोर्चाका कार्यकर्ताले दशैंमा घर आउन लागेका नेपालीलाई पनि कुटपिट गरेका ईलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ ।