Thaha

Saturday 21 September - 7:30 pm NST

नेपालप्रति भारतको रवैया वढ्दै

काठमाडौं, २० असोज । भारतले नाकामा थप कडाइ गरेपछि आज पनि प्रायः सबै नाका ठप्प रहेका छन् । इन्धन लगायत अन्य सामान पनि नेपाल भित्रन सकेका छैनन् ।

पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, झापाको काकडभिट्टालगायतका नाका विहानैदेखि सुनसान रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । रुपन्देहीको बलहिया नाकाबाट विहान केही भारतीय पर्यटक बोकेका बस नेपाल भित्रिएपनि मालवाहक गाडि नआएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

काकडभिट्टा नाकाबाट भने हिजो र अस्ति गरेर ६० ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रिएको छ । पेट्रोलियम पदार्थ आएपछि आज झापामा सबै सवारी साधनलाई तेल वितरण गर्ने तयारी गरिएको थाहा सहकर्मी लक्ष्मी काफ्लेले जनाएका छन् ।