Thaha

Tuesday 07 July - 8:47 pm NST

इयुको अस्थायी टहरामा बस्नेहरुलाई मानवीय सहयोग गर्ने वचन


काठमाडौं, १९ असोज । भारतीय नाकाबन्दीका कारण जनजीवन कष्टकर बन्दै गएपछि युरोपियन युनियन ईयुमा आवद्ध मुलुकले अस्थायी टहरामा बस्नेहरुलाई मानवीय सहयोग गर्ने वचन दिएका छन् ।

 भारतले अघोषित नाकावन्दी गरेर अत्यावश्यक सामग्रीको आपूर्ति रोकेपछि डेनमार्क, फिन्ल्यान्ड, फ्रान्स, जर्मनी, बेलायत, स्वीटजरल्याण्ड नर्वेका राजदूतले संयुक्त विज्ञप्ति निकालेर अस्थायी टहरामा बसिरहेका परिवारका लागि मानवीय सामग्रीको आपूर्ति सहज पार्ने जनाएका हुन् ।

विनाशकारी भूकम्पले नेपालको थप ३ दशमलव ५ प्रतिशत जनसंख्यालाई गरिबीको रेखामुनि धकेलेका बेला मानवीय सामग्रीको आपूर्ति बन्द गर्दा गरिबीको रेखामुनी रहेकाहरुको अवस्था झन् बिग्रिएको ईयूको ठहर छ ।