Thaha

Saturday 21 September - 7:42 pm NST

आज दिनभर मौसम सफा

काठमाडौं, १९ असोज । आज दिनभर सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

दिउँसो र बेलुकी पख पूर्वी तथा मध्यपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली हुने मौसमविद् सुवास रिमालले बताउनुभयो । काठमाडौं उपत्यकामा पनि दिनभर मौसफ सफा रहने र साँझ पख हल्का बद्ली हुन सक्ने महाशाखाको अनुमान छ ।

नेपालबाट मनसुन विदा भइसकेकाले बद्ली भएपनि पानी नपर्ने महाशाखाले जनाएको छ ।