Thaha

Saturday 21 September - 7:41 pm NST

काठमाडौंमा तरकारीको मूल्य बढ्यो


काठमाडौं, १९ असोज । काठमाडौंमा आज तरकारीको मूल्य बढेको छ । चाडपर्व नजिकिदै गरेको तथा तरकारी बजारसम्म पुरयाउन समस्या भएको कारणले तरकारीको मुल्य केहि बढेको कालीमाटी तरकारी तथा फलपूmल बजार विकास समितिले जनाएको छ ।

केहि समय अघि बढेर घटेको भारतीय प्याजको मूल्य आज फेरी बढेको छ । हिजो बढिमा १ सय पाँच रुपैया प्रतिकिलोमा बिक्रि भएको प्याजको मूल्य आज एकै दिन २५ रुपैया बढेर १ सय ३० रुपैया पुगेको छ ।

कालिमाटी तरकारी तथा फलपूmल बजारका थोक बिक्रेता राजेश श्रेष्ठका अनुसार भारतीय ठुलो टमाटर ४०, नेपाली सानो टमाटर २०, रातो आलु ४०, सेतो आलु ३२, गाजर ९५, बन्दा र काउली ५०, मूला ३०, रुपैया प्रतिकिलोमा कारोबार भइरहेको छ । यस्तै बोडी ८०, करेला ५०, लौका ५०, घिरौला ४०, हरियो फर्सि ४०, भिन्डी ५० र स्कुस १० रुपैया प्रतिकिलोमा कारोबार भैरहेको छ ।