Thaha

Saturday 21 September - 4:38 pm NST

भैरहवाको बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तावीच झडप


काठमाडौं, १८ असोज । भैरहवाको बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तावीच झडप हुँदा रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिएसपी रामेश्वर कार्कीसहित ९ जना प्रहरी घाइते भएका छन् ।

डिएसपी कार्कीको बाँया खुट्ठामा चोट लागेको छ । बेलहिया नाकामा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले रोक्दा झडप भएको हो । दशगजा क्षेत्रमा प्रदर्शन गरीरहेका मोर्चा कार्यकर्ताहरु प्रहरीलाई ढुंगामुढा गर्दै भारतीय भूमितर्फ भागेका थिए ।

यस्तैगरी सुनौलि नाकाक्षेत्रमा नेपाली सर्वसाधारण कुटिएको हल्ला चलेपछि बेलहीयाका स्थानीयहरु समेत प्रदर्शनकारीमाथि जाई लागेका थिए ।