Thaha

Saturday 21 September - 4:44 pm NST

विराटनगर–जोगवनी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिन थाल्यो

काठमाडौं, १८ असोज । विराटनगर–जोगवनी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेको छ । नेपाल र भारतीय पक्षबीच हिजो भएको ५ बुँदे सहमति पछि नाका केही खुकुलो पारिएको हो । आज दिउँसो २५ ट्यांकर ईन्धन भित्रिएको छ ।

आज १४ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल र ३ बुलेट ग्याँस भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृण्णबहादुर बस्नेतले जानकारी दिनुभयो । आजै फलफुल, तराकारी तथा अन्य कुहिने खाद्यान्न रहेका केही मालवाहक कन्टेनर पनि नेपाल भित्रिएका छन् ।

यस्तैगरी बांकेको रुपैडिहा–जमुनाहा नाकाबाट पनि मालबाहक सबारी साधन नेपाल भित्रने क्रम जारी छ । तर भारतीय पक्षले रुपैडिया नाकाबाट पेट्रोल र ग्यासका गाडी छाडेको छैन । मधेशी मोर्चाका कार्यकर्ताले नेपाल र भारत दुवै तर्फको सीमामा धर्ना दिईरहेका छन् ।