Thaha

Saturday 21 September - 4:45 pm NST

गुल्मीमा बस दुर्घटना पाँच जनाको मृत्यु


गुल्मी, १८ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका वडानंबर १५ दुवीचौरमा  यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास तर्फ आईरहेको गरेको लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिकाको दुवीचौर नजिकै सोमवार उर्लेनीमा दुर्घटना भएको हो । दुर्घटनामा ३० जना भन्दा बढी घाईते भएका छन् ।

 दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । बस सडकबाट डेढसय मीटर तल खसेको छ ।