Thaha

Saturday 21 September - 4:46 pm NST

रुपन्देहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


काठमाडौं, १८ असोज । रुपन्देहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहिको सैनामैनाका २६ वर्षका बिक्रम चौधरी र कपिलबस्तु बाणगंगाका ३६ वर्षका रुद्रप्रसाद पोखरेल रहेका छन् ।

सैनामैना नगरपालीकाको कालिकाचोकमा लु ५ प ९६१८ र लु १ प ४३७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी एकआपसमा ठोक्किँएका थिए । उनीहरु दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते रुपन्देही मानपकडी बस्ने ३५ वर्षकी दिल कुमारी चौधरीको बुटवलमा उपचार भैरहेको छ ।