Thaha

Saturday 21 September - 4:46 pm NST

विश्व बसोबास दिवस आज

काठमाडौं, १८ असोज । ‘सबैकोलागि सार्बजनिक स्थल’ भन्ने नाराका साथ आज विश्व बसोबास दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्र संघको महासभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जन जस्ता समस्या अहिले ठूलो चुनौतीका रुपमा रहेको राष्ट्र संघले जनाएको छ ।  शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौति तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

सहरी विकास मन्त्रालयले भूकम्पजस्ता   विपत्तिमा सर्वसाधारणलाई सुरक्षित आश्रयको व्यवस्था गर्न सरकारले काठमाडौँ उपत्यकामा ८३ वटा सार्वजनिक स्थल पहिचान गरेको विभागका उपमहानिर्देशक रवि शाहले बताउनुभयो । दिवसका अवसरमा विभाग परिसरमा सञ्चार सामग्री, ट्राफिक नियम पालनासम्बन्धी जानकारी र भवन निर्माणका बारेमा जानकारी दिने उद्देश्यले विभिन्न किसिमको प्रदर्शनीसमेत राखिएको छ । प्रदर्शनी भोलीसम्म चल्ने छ ।